उदेशको तिमी मन पर्‍यो



काठमाडौं ।

गायक उदेश श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रमबीच नयाँ गीत मलाई तिमी मन पर्‍यो सार्वजनिक गरेका छन्। गीतको म्युजिक भिडियोमा गायक श्रेष्ठ नै फिचर्ड छन्।

गीतमा उदेशकै स्वर र संगीत रहेको छ भने शब्दमा अर्जुन पासवानले सघाएका छन्। उद्देश्य नामक अडियो एल्बममा संगृहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा उदेशले लाइभ ब्यान्डका साथमा तारा मात्र होइन तिमीलाई, घुम्तीमा न आउ है जस्ता गायक प्रधानका लोकप्रिय गीत गाएर सुनाएका थिए।

यो जुनीमा तिम्रो हुन् सकिन, किन मायामा यति धेरै चोट हुन्छ, तिम्रो लागि आज म धेरै जस्ता गीत–संगीतमार्फत दर्शक स्रोताको मनमा स्थान बनाएका उदेशले यसै गीतमार्फत मोडलिङ शुरु गरेका हुन्। गीतको म्युजिक भिडियोमा उनलाई माङगसा लिम्बु, सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ दिएकी छिन्।

गीतको म्युजिक भिडियो छेवाङ लामाले निर्देशन गरेका छन्। कार्यक्रममा पाएको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको उदेशले बताए। आफू ट्रेजेडी गीतमार्फत चिनिएकोमा आगामी आउँदा दिनमा रोमान्टिक शैलीको गीतमार्फत पनि चिनिने विश्वास उनले व्यक्त गरे।

 

 

प्रतिक्रिया दिनुहोस्