भिडियोमा साली–भेना



काठमाडौं ।

गायक–गायिका सन्तोष प्रगाढ र सहिमा श्रेष्ठको गीत साली देवरको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोषकै संगीत तथा संगीत संयोजन रहेको छ।

डान्सिङ नम्बरको गीतको म्युजिक भिडियोमा पुष्प खड्का, मोनालिशा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरी र समशेरबहादुर राई फिचर्ड छन्। भिडियोमा हरि लामा घलेको छायांकन, राहुल बराइलीको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ। म्युजिक भिडियो रूपेश तामाङले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्