डाँडाको बरपीपलमा रुविना



काठमाडौं ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा डाँडाको बरपीपल नामक फिल्म निर्माण हुने भएको छ। फिल्म आगामी वैशाख २२ गतेबाट सुटिङ प्mलोरमा जानेछ।

निर्माता निर्देशक शोभित बस्नेतको निर्देशन रहने फिल्ममा सलोन बस्नेत र रुविना थापा जोडीका रूपमा देखिनेछन्। फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यशराज गरचलगायतले पनि अभिनय गर्नेछन्। फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, नवराज गिरीको गीत, द एक्स ब्यान्डका शिव मुखियाका साथमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र गोविन्द राईको नृत्य रहनेछ।

७५ दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, पूर्व कालिबाङ र से फोक्सुण्डो तालमा खिचिनेछ। निर्देशक बस्नेतले फिल्म पारिवारिक कथामा बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्