परदेशका सन्तानको सम्झना



काठमाडाै‌ ।

गायिका देवी घर्तीमगरको स्वर रहेको मुटुको टुक्रा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा एक प्रवासी आमाले स्वदेशमा भएका आप्mना दुई सन्तानको सम्झना गरेको कथा छ।

भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठले अभिनय गरेकी छन्। बेलायतमा जन्मिएकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय गरेकी छिन्। काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन्।

भिडियोमा ज्योति र काव्याका अलावा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रञ्जितकार र इभासिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन, सम्पादन र परिकल्पना छ।

प्रतिक्रिया दिनुहोस्