डिस्नील्यान्डमा कसैले पनि चिच्याउन नपाइने



न्युयोर्क, (एजेन्सी)

अमेरिकामा कोभिड-१९ महामारीको कारण एक वर्ष सम्मबन्द गरिएको थिम पार्कहरु अझै बाँकी रहेको कोरोना संक्रमणलाई फैलिन नदिने नयाँ नियम पालना गर्ने गरी खुल्न लागेका छन् । त्यस्ता थिम पार्कहरु पुन खोलन नर्दिेशिका तयार पार्ने जिम्मेवार निकाय क्यालिफोर्निया एट्रक्सन एन्ड पार्कस एसोसियसन ( क्यापा ) ले भनेको छ , ‘डिस्नील्यानड लगायत सबै पार्कहरले रोलिंग कोस्टरमा बस्दा डराए पनि आगन्तुकहरुलाई चिच्याउन दिन पाइने छैन ।मुख र नाकबाट थुकका छिंटा अन्य व्यक्तिहरुमा पर्न नदिन त्यस्ता पार्कमा घुम्न आउन सबैलाई मास्क लगाउनु अनिवार्य गरिएको छ । साथै धेरै आगन्तुकहरुलाई एकै पटक भेला हुनबाट रोक्न हामीले पार्कहरुलाई थोरै संख्यामा मात्र रोलिंग कोस्टर संन्चलनमा ल्याउन आग्रह गरेका छौं । ’

यो निर्देशिका गोल्डेन स्टेट लगायत , सिक्स फ्ल्याग्स म्याजिक माउन्टेन , नोट्स बेर्री फार्म , लेगोलयान्ड क्यालिफोर्निया र सि वल्र्ड सान डियगोका पार्कहरुमा पनि लागु हुने बताइएको छ । तर क्यापाको सदस्य नरहेका अन्य स्वतन्त्र पार्कहरु माथि भने यो निर्देशिका लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस्