नयाँ वर्षमा एनएमबि बैंकको अफरै अफरको बहार



काठमाडौं नेस ।

एनएमबि बैंकले नयाँ योजना ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकले विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

उक्त छुटको लागि एनएमबिका डेविट कार्ड धारक ग्राहकले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा हजार रुपियाँसम्म र क्रेडिट कार्ड धारक ग्राहकले २० प्रतिशत वा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।

हालको प्रदुषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गदै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि गर्ने तथा समुदाय स्तरमा सर्वसाधारण सबैले मुलधारको बैंकिङ्ग महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याएको छ ।बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्