एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना



काठमाडौं नेस ।
नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने भएका छन । एनसेल आजियाटालेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने भएको आजियाटाले जनाएको छ ।

यो योजनाअन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुनेछ । यो योजना चैत ३१ गते मंगलबारदेखि संचालनमा आएको एनसेलले जनाएको छ । डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्ने भएका छन । आकर्षक योजनाअन्तर्गत ग्राहकले ४९९ रुपियाँमा ३० दिन समयसीमा रहेको १० जीबी डेटा प्याकको खरिदमा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने भएका छन् । ग्राहकले यो योजनाअन्तर्गत ४९९ मा २० जीबी ९१० जीबी ० डेटाको मजालिन सक्ने भएका छन । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने भएको छ । त्यस्तै १३९ मा १४ दिन समय सीमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम ९२ जीबी प्लस २ जीबी० को फाइदा लिन पाउने भएका छन् ।

त्यस्तै ३ दिन समय सिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमापनि डबल डेटा भोलुम योजनाअन्तर्गत ग्राहकले ४२ मा ८०० एमबी डेटा भोलुम ९४०० एमबी ४०० एमबी० तथा १८ मा ३०० एमबी ९१५० एमबी प्लस १५० एमबी० डेटाको फाइदा लिन सक्ने भएका छन् । नयाँ वर्षको यो योजनाअन्तर्गत ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले योजनालाई थप आकर्षक बनाएको छ । ५० देखि ९९ को रिचार्जमा ग्राहकले उक्त योजनाको अवधिभरी ५० एमबीबोनस डे टा प्राप्त गर्ने भएका छन् । बोनस डेटा १ दिनको लागिमान्य रहने छ । त्यसै गरि १०० देखि १९९, २०० देखि २९९, ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमशः १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्ने भएका छन । त्यसैगरी ५०० देखि ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्