यस बर्ष सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सञ्चालनमा ल्याउँदै



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले  यस नयाँ बर्ष २०७८ सालमा ‘मेरो कित्ता’ कार्यक्रम सञ्चालनमा ल्याएको बताएका छन् ।मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने ओलीले बताएका हुन् ।

आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको उनले बताए। नयाँ वर्षमा सरकारले नयाँ- नयाँ कार्यक्रम सुरु गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्