डयुक फिलिप अज्ञात उड्न तश्तरी भनेपछि हुरुक्कै हुन्थे



लन्डन, (एजेन्सी)

वेलायतका हालै ९९ वर्षको उमेरमा निधन भएका ड्युक अफ एडिनवर्गको शौख पन्छिहरुका अवलोकन, पेन्टिंग , जलिय इतिहास र पोलो खेलमा केन्द्रित थियो । उनले जिवनकालमा आफुलाई संधै व्यस्त राख्न गरेका थिए । तर उनका अर्को एउटा रोचक शोख पनि थियो । त्यो हो , अज्ञात उड्न तश्तरी ( युएफओ ) बारे सोधखोज गर्नु । ड्युक अज्ञात ग्रहमा रहेका प्राणीहरुको संभावित उड्न तश्तरीबारे यति चाख राख्थे की उनको -याकमा त्यस सम्बन्धी थुप्रै र धेरै पुस्तक भरिएको थियो । फिलिप फ्लाइङ ससर रिभ्युको नियमित ग्राहक पनि थिए ।

उनले आफ्ना पुर्व सहायक सर पिटर होस्र्लीलाई शाही वायु सैनिक फौजबाट अज्ञात उड्न तश्तरीबारे रहस्यमय कथाहरु संकलन गर्न लगाएका थिए । सन् १९४९ देखि १९५६ सम्म ड्युकका सहयोगी रहेका सर पिटरले आफ्नो आत्मकहानी , ‘ साउनडस फ्म अनडर रुम ’ मा आफुलाई फिलिपले उडन तश्तरीबारे छलफल गर्नका लागि त्यस्त चिजका प्रत्यक्षदर्शीहरुलाई बकिंिघम प्यालेसमा ल्याउन अनुरोध गर्ने गरेको उल्लेख गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्