बिस्केट जात्राको चौथो दिन : भेलुखेलमा लिङ्गो उभ्याईंदै



पुष्कर बुढाथोकी, भक्तपुर ।

नववर्षको आगमनसँगै सुरु भएको भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन आज ५५ हात लामो लिङ्गो उभ्याईंदैछ ।तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा आज साँझ लिङ्गो उभ्याउने तयारी गरिंदै छ ।

हजारौं जात्रालुको सहभागीतामा लिङ्गो उभ्याउन सुरु गरिन्छ । नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् ।लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् ।

यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा: जात्रा मनाइन्छ ।

कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको छ । त्यस अनुसार पाँंच बजेभित्र लिंगो उठाइसक्ने उल्लेख छ । तर भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम नहुने निश्चित प्रायः छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो मुख्य आकर्षक दिन हो।

भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिंगोलाई डोरीको सहायताले सयौं मानिसले तानेर उठाइन्छ । विस्का जात्रामा लिंगो उठाउने भएकैले यो ठाउँं ल्योसिंखेल (लिंगो उठाउने ठाउँं) को नामले सुपरिचित छ ।सयौं मानिसले एकसाथ डोरी तानेर उठाउनुपर्ने भएकाले लिंगो उठ्ने समय अनिश्चित हुने गरेको छ ।

५५ हात लामो लिंगो उठाउन मुश्किल पनि हुने भएकाले कुनै वर्षहरुमा उक्त दिन लिंगो नउठने गरेको पनि इतिहास छ । साथै कुनै वर्ष लिंगो राति १० एघार बजेमात्रै उठाउन सकिएको इतिहास पनि छ ।

लामो लिंगो उठाउनुपर्ने भएकाले कहिलेकाही उठाउँंदाउठाउँंदै भाँचिने पनि गरेका छन् । त्यसो हुनाले एउटा मात्रै लिंगो उठाउने भए पनि अर्काे एउटा थप जगेडा गरी जात्रास्थलमा दुई वटा लिंगो राखिन्छ । ताकि पहिला उठाउन सुरु गरेको लिंगो उठाउने क्रममा भाँंचियो भने अर्काे उठाउन सकियोस् ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले यो वर्षका लागि नयाँं लिंगो ल्याइएको जानकारी दिनुभयो ।

कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको छ । त्यस अनुसार पाँंच बजेभित्र लिंगो उठाइसक्ने उल्लेख छ । तर भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम नहुने निश्चित प्रायः छ ।

लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केटको पाँचौँ दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ ।

प्रतिक्रिया दिनुहोस्