बुटवलको एक विद्यालयमा प्रधानाध्यापकसहित ८ शिक्षकमा कोरोना संक्रमण



न्युज अफ नेपाल, रुपन्देही ।

बुटवलस्थित मानविज्ञान माबिका प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै एकै विद्यालयमा यति धेरै कोारेना संक्रमित पुष्टि भएको यो पहिलो घटना हो ।

करिब ८ हजार विद्यार्थी अध्ययरत सो विद्यालय हाल केही समयका लागि बन्द गरिएको छ । विद्यालयमा आबद्ध शिक्षकका अनुसार केही समयका लागि विद्यार्थीलाई अनलाईन कक्षामार्फत पढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्