माआवादी केन्द्रले जिम्मेवारी तोक्यो



नेपाल समाचारपत्र, बैतडी । 

नेकपा माओवादी केन्द्रले बैतडीका सबै स्थानीय तहमा इन्चार्ज र अध्यक्ष तोकेको छ । सदरमुकाममा बसेको संगठनको विस्तारित बैठकले नगरपालिका तथा गाउँपालिकाका इन्चार्ज तथा संयोजक तोकेको हो ।माओवादी केन्द्र बैतडीका संयोजक प्रेमप्रकाश भट्ट ‘आदित्य’ का अनुसार दशरथचन्द नगरपालिकाको इन्चार्जमा मदन बडु, अध्यक्ष वासुदेव भट्ट, मैलौली नगरपालिकामा इन्चार्ज धर्मसिंह दयाल, अध्यक्ष भीमबहादुर चन्द, पाटन नगरपालिका इन्चार्जमा हरीश विष्ट, अध्यक्षतर्फ ठगुन्ना र पुर्चौडी नगरपालिकामा इन्चार्ज शैलेन्द्र धानुक, अध्यक्षमा आनन्द सिंह धामीलाई तोकिएको छ ।

यस्तै, सुर्नया गाउँपालिकामा इन्चार्जको जिम्मा नरी भाटलाई दिइएको छ भने अध्यक्षको जिम्मा जगदीश कुँवरलाई दिइएको छ । पञ्चेश्वर गाउँपालिकामा इन्चार्ज कमलराज विक, अध्यक्ष दीपक चन्द, शिवनाथमा नरेन्द्र साउद इन्चार्ज, अध्यक्ष गोरख साउद, दोगडाकेदारमा तारा कुँवर इन्चार्ज, अध्यक्ष मानसिंह ऐरी, डिलाशैनी गाउँपालिकामा लोकेन्द्र राना इन्चार्ज, अध्यक्ष जगदीश नाथ र सिगास गाउँपालिकामा वीरसिंह ऐर इन्चार्ज र अध्यक्षको जिम्मा प्रकाश साउदलाई दिइएको छ । इन्चार्ज र अध्यक्ष तोकेसँगै ८१ जनाको नगर कमिटी, ७५ जनाको गाउँकमिटी र २९ जनाको वडा कमिटी गठन गरिने भएको छ ।यसै बीच माओवादी केन्द्रले बैतडीले १० वटै स्थानीय तहमा बिस्तारित बैठक गर्ने पनि भएको छ । वैशाख ४ गतेदेखि शुरू हुने बैठक वैशाख १४ मा सम्पन्न हुनेछ ।

वैशाख ४ गते पुर्चौडीमा, ५ गते सिगासमा, ६ गते सँर्नयामा, ७ गते पाटनमा, ८ गते दशरथचन्दमा, १० गते डिलाशैनीमा बिस्तारित बैठक बस्ने छ । यस्तै १२ गते मैलौलीमा, १३ गते पञ्चेश्वर र १४ गते शिवनाथमा बैठक बस्ने बताएको छ ।नेकपा माओवादी केन्द्र बैतडीमा १ सय ७५ जनाको जिल्ला कमिटी रहेको छ ।त्यसैगरी, नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल जिल्ला संगठन बैतडीले पालिकाहरूका इन्चार्ज र संयोजक मनोनयन गरेको छ । ९३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरी वाईसीएल नेपालको पालिकाहरूका इन्चार्ज र संयोजक तोकिएको वाईसीएल बैतडीका इन्चार्ज कमल बोहराले जानकारी दिनुभएको छ ।जसअनुसार पुर्चौडी नगरपालिकाको इन्चार्जमा नवीन बोहरा र संयोजकमा कर्ण धानुक, डिलाशैनी गाउँपालिकाको इन्चार्जमा बहादुर भण्डारी र संयोजकमा जनक धामी, सुर्नया गाउँपालिकाको इन्चार्जमा केशव भट्ट र संयोजकमा जयबहादुर विष्ट र सिगास गाउँपालिकाको इन्चार्जमा राम खडायत र संयोजकमा महेन्द्रसिंह साउदलाई मनोनयन गरिएको छ ।

यस्तै, पाटन नगरपालिकाको इन्चार्जमा ज्वाला विष्ट र संयोजकमा मानसिंह विष्ट, दशरथचन्द नगरपालिकाको इन्चार्जमा गणेश बडु र संयोजकमा दीपक शर्मा र दोगडाकेदार गाउँपालिकाको इन्चार्जमा मोहन कार्की र संयोजकमा कमल धामी मनोनयन गरिएको छ ।मेलौली नगरपालिकाको संयोजकमा पुष्कर भट्टलाई तोकिएको छ, भने इन्चार्ज तोक्न बाँकी रहेको छ । पञ्चेश्वर गाउँपालिकाको इन्चार्ज पनि तोक्न बाँकी रहेको र संयोजकको जिम्मेवारी दिनेश विकलाई दिइएको छ । शिवनाथ गाउँपालिकाको भने इन्चार्ज र संयोजक दुबै तोक्न बाँकी रहेको छ ।बैठकले वैशाख ५ गतेदेखि २० गतेसम्म पालिकाहरूमा सम्मेलनसमेत गर्ने निर्णय गरेको छ । वैशाख ५ गते सिगास गाउँपालिकामा, वैशाख ६ गते सँर्नया गाउँपालिकामा, वैशाख ७ गते पाटन नगरपालिकामा, वैशाख ८ गते, दशरथचन्द नगरपालिकामा र वैशाख ९ गते दोगडाकेदार गाउँपालिकामा सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्