अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर



काठमाडौं, (नेस) ।

नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा १० लाख रुपियाँभन्दा बढी अनियमितता गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले दिएको जानकारीअनुसार धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, इन्जिनियर प्रवीण वस्ती, सबइन्जिनियर रामनारायण चौधरी, नौलीखोला उपभोक्ता समितिका अध्यक्ष दमाइँ गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङ, धार्चे गाउँपालिका–७ का वडाध्यक्ष सूर्यमान गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।

आरोपितहरूले आयोजनामा भए गरेका कार्यको मात्र भुक्तानी दिनुपर्नेमा कार्य नै नभएकोमा विषयमा पनि राज्यको सम्पत्ति हिनामिना गरी भुक्तानी दिइएको आरोप अख्तियारले लगाएको छ । अख्तियारका अनुसार राज्यको १० लाख ६३ हजार ५७ रुपियाँ ६६ पैसा अनियमित तवरबाट हिनामिना

प्रतिक्रिया दिनुहोस्