जनमुखी बजेटका लागि योजना समावेश गर्न मन्त्री आलेको आग्रह



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षमा जनताले प्रतक्ष लाभ पाउने खालका योजना समावेस गर्न आग्रह गर्नु भएको छ । आज सोमबार वन तथा वातावरण मन्त्रालयमा मन्त्री आलेको अध्यक्षतामा बसेको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका बारेमा छलफल गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरुसँगको बैठकमा मन्त्री आलेले भन्नुभयो, “हामी आगामि आर्थिक वर्षको योजना तथा कार्यक्रमका लागि छलफलमा र्छाैँ, जनताले प्रतक्ष सेवा तथा लाभ पाउने खालका मात्रै विकासका योजना तथा कार्यक्रम समावेस गर्नु होला ।”

मन्त्रालयबाट सञ्चालन हुँने जुन सुक्कै योजनाको ठोस परिणाम आउने खालका हुनु पर्ने तथा सोही अनुसारका योजना तथा कार्यक्रम समावेस गर्न समेत मन्त्री आलेले मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ । बिभिन्न बहुमुल्य जडिबुटी उत्पादन तथा वन जङ्गल जोगाउनमा सहयोग पुग्ने योजनाहरु अघि सारीए नागरिक तथा सामुदायलाई निकै फाइदा पुग्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएर योजना ल्याउन समेत मन्त्री आलेले आग्रह गर्नु भयो ।

“पर्यापर्यटन, वन्यवजन्तुको संरक्षणदेखि हरियो वन जोगाउने खालका योजना पेश गर्नुस” उहाँले थप भन्नुभयो, “हामीले ल्याएका योजनाले नागरिकलाई पनि प्रतक्ष फाइदा पुगोस र नेपालको वन क्षेत्रपनि जोगियोस ।” पछिल्लो समय देशका बिभिन्न क्षेत्रमा भएको वन फँडानीका कारण उत्पन्न नागरिक र वन्यजन्तुबीचको समस्या तथा द्धन्द्ध न्यूनीकरणका लागि विशेष खालको योजना र कार्यक्रमलाई अघि सार्न समेत मन्त्री आलेले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्