काभ्रेमा चार प्रहरी चौकीको उद्घाटन



काभ्रे, (नेस)

जिल्ला प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानमा रहेका नवनिर्मित चारवटा भवनको आइतबार उद्घाटन गरिएको छ । नयाँ भवन पाउने चौकीहरुमा पाँचखाल नगरपालिका–१३ स्थित तेमालवेंशी प्रहरी चौकी, महाभारत गाउँपालिका–४ को फोक्सिङटार प्रहरी चौकी र वडा नम्बर १ गोकुलेमा रहेको इलाका प्रहरी कार्यालय तथा खानीखोला गाउँपालिका–५ मा रहेको प्रहरी चौकी रहेका छन् ।

भवन उद्घाटन गर्न वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदीप राईले प्रहरीलाई क्रमशः आधुनिकीकरण गर्दै जाने योजनाअनुरूप पहिलो चरणमा ६ वटा प्रहरी एकाइमध्ये ५ वटा उद्घाटन गरिएको बताउनुभयो । दोस्रो चरणमा २ वटा इलाका प्रहरी कार्यालय देवीटार र इलाका प्रहरी कार्यालय बनेपाको भवन उद्घाटन गरिने उहाँको भनाइ छ । प्रहरी चौकी साँगा तथा प्रहरी चौकी भकुण्डवेंशीको भने टेन्डर प्रक्रियामा रही निर्माण प्रारम्भ हुने चरणमा रहेको छ ।

सोही अवसरमा निर्माण सम्पन्न भएका प्रहरी एकाइहरुका लागि निःशुल्करूपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्लासहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारीहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज तथा स्थानीयहरुको सहभागिता रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्