वास्तविकतामा गीत



थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविकतामा आधारित गीत सोचे भन्दा फरक संसार सार्वजनिक गरिएको छ।१७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन्। गीत रामकृष्ण ढकाल र अस्मिता अधिकारीले गाएका छन्। गीतको म्युजिक भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन्।

आफ्नो भाइ जन्मेपछि भाइबाट बोनम्यारो प्रत्यारोपण गराएर १७ वर्ष लामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको वास्तविक कथा यो गीतमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ। भिडियोमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्