सीके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध चयन



जनकपुरधाम ।

जनमत पार्टीको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । जनकपुरधाममा सम्पन्न भएको महाधिवेशनबाट पार्टीको अध्यक्षमा डा‍ सीके राउतलाई नै कायम गरिएको छ ।

महाधिवेशनमा अन्य पदमा लागि भने निर्वाचन गराइएको छ । निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई‍ बसन्त कुशवाहा, ई दीपक कुमार साह र ई।नरेन्द्र प्रसाद चौधरीले विजयी भएका छन् । महासचिवमा चन्दन कुमार सिंह चुनिएका छन् ।सदस्यहरुमा रौतहटका डा।सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।

यस्तै, नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा।विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् ।महिला सदस्यमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्