मैथिलीमा लभ कर दे



नेपाली, मैथिली भोजपुरीलगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका गायक रुद्रसेन विश्वकर्मा मैथिली गीत लभ करे देमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।

रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको युुगल स्वरको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतका रचनाकार गायक रुद्रसेन नै हुन् भने उनले नै यस गीतलाई संगीतबद्ध गरेका छन्। गीतका संगीत संयोजक पारसमणि हुन्। रुद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीरकुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको मैथिली गीतको म्युजिक भिडियोमा मोडल ऋचा थापा र प्रदीपकुमार रसाइलीले अभिनय गरेका छन्। भिडियोमा प्रदीपकुमार रसाइलीको निर्देशन रहेको छ। त्यसै गरी, नवीन गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्