वल्र्ड टेबलटेनिस डे नेपालमा मनाइयो



नेपाल समाचारपत्र, काठमाडौं । 

आइटीटीएफ फाउन्डेसन जर्मनीले, ‘टेबल टेनिसमार्फत महिला सशक्तीकरण गर्ने’ मूल नाराका साथ वल्र्ड टेबल टेनिस डे २०२१ विश्वभरि मनाइरहेको छ ।यस कार्यक्रमलाई नेपालमा मनाउन आइटीटीएफ फाउन्डेसनले आइटीटीएफ मान्यता प्राप्त टेबल टेनिसका लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका नरेश रावललाई प्रमोटरको रूपमा चयन गरेको छ । ‘

सरोज टेबल टेनिस फार आल एकेडेमीे’ का संस्थापक र प्रशिक्षकसमेत रहेका नरेशले चन्द्रागिरीस्थित भकुण्डे चौर युुवा समाजमा कार्यक्रम आयोजना गरेका थिए ।एकेडेमीले कार्यक्रममा सहभागी बच्चाहरूलाई टेबल टेनिस ब्याट, बल र टी–सर्ट वितरण गरेको थियो । प्रशिक्षक नरेशले टेबल टेनिसका विभिन्न अभ्यास, व्यायाम देखाउनका साथै सहभागीहरूसाग समेत खेलेका थिए । टेबल टेनिसको माध्यमबाट महिला सशक्तिकरणको यस कार्यक्रममा महिलाहरूको ठूलो सहभागिता रहेको थियो । महिलाहरूमा टेबल टेनिसको रुचि, आकर्षण र महŒवको विकास गर्न कार्यक्रम सफल रहेको प्रशिक्षक नरेशको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्