स्थानीयलाई सफाइ अभियानमा सहभागी हुन आग्रह



काठमाडौं, (नेस) ।

 निःस्वार्थ भावले शुरू भएको चक्रपथ सरसफाइ आफू निसंकोच सहभागी भएको महावीर पुनले बताउनुभएको छ । उहाँले चक्रपथ सफाइ अभियान २०१ हप्तामा प्रवेश गरेको उपलक्ष्यमा सो कुरा बताउनुभएको हो ।

उहाँले समाजसेवी ताराबहादुर कुँवरद्वारा सञ्चालित सफाइ अभियान लाखौं हप्तासम्म पुगोस् भनी शुभकामना पनि दिनुभएको छ । शनिबार सीतापाइलादेखि स्वयम्भूसम्म गरिएको सफाइ अभियान सहभागी हुँदै पुनले स्थानीयलाई पनि सफाइ अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।प्रत्येक हप्ता हुने सफाइ कार्यक्रममा प्रहरी, सशस्त्र प्रहरी, सेना तथा स्थानीयको सहभागिता हुने गरेको छ । अभियन्ता कुवरले महावीर पुन जस्तो व्यक्तित्व आफूले पाउनु गर्वको कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्