रहेनन् कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष माली



न्युज अफ नेपाल ,काठमाडौं ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजकुमार मालीको असामयिक निधन भएको छ ।

मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य थिए । सोमबार उनलाई श्रद्धाञ्जली दिइने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्