नेपाल समाचारपत्रकी वरिष्ठ पत्रकार तिमल्सिनालाई दुई सम्मान



काठमाडौं, (नेस) । 

नेपाल समाचारपत्रकी वरिष्ठ पत्रकार भगवती तिमल्सिना सम्मानित हुनुभएको छ । उहाँलाई एकै दिन दुई साहित्यिक संस्थाबाट कदरपत्रसहित सम्मान गरिएको छ ।

जनमत वाङ्मय प्रतिष्ठानको ३७औं बार्षिकोत्सव समारोहमा अक्षय कोषमा सहयोग गरेकोमा कदरपत्र प्रदान गरिएको हो भने शब्दयात्रा प्रकाशन अक्षरधाम, बनेपा काभ्रेबाट हरि गोपाल प्रधान कदरपत्र, २०७७ प्रदान गरिएको छ । साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत उहाँलाई सो सम्मान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्