चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, दर्जनबढी घाइते



न्युज अफ नेपाल, काठमाडौं ।

चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। चितवनको राप्ती नगरपालिकाको वडा नम्बर–११ को भवन ढलान गरेर फर्कने क्रममा कामदार चढेको ट्याक्टर भएको हो । दुर्घटनामा परेकाहरु सबै कामदार रहेको प्रहरीले जनाएको छ ।

जसामा दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भने अन्यको पूर्वी चितवनका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्