नयाँ सरकार गठनका विषयमा जसपा नेताहरुबीच छलफल



न्युज अफ नेपाल, काठमाडौं ।

नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टीमा छलफल सुरु भएको छ । लामो समयदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि आग्रह गर्दा पनि दोधारमा देखिएको जसपामा अब भने छलफल सुरु भएको हो ।

आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो । जसपामा नयाँ सरकार गठनको विषयमा दुई धार देखिँदा ढिलो भएको थियो । आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्