बोधि श्रवण धर्म संघद्वारा गुरु बम्जनको ३२ औं जन्मोत्सवको अवसरमा दीर्घायुको कामना प्रकट



न्युज अफ नेपाल, काठमाडौँ ।

बोधि श्रवण धर्म संघले बोधि मार्ग दर्शन मैत्री धर्मका प्रवर्दक गुरु रामबहादूर बम्जनको ३२ औं जन्मोत्सवको अवसरमा सुस्वास्थ र दीर्घायुको कामना प्रकट गरेको छ ।

संघले एक सन्देश जारी गर्दै गुरु बम्जनको जन्मोत्सवको अवसरमा सुस्वास्थ र दीर्घायुको कामना प्रकट गरेको हो ।

“ गुरुज्यूले सर्वजगत कल्याणहेतु श्रृष्टि गर्नुभएको बोधिमार्ग, मार्ग गुरु र गुरुमार्ग दर्शनहरू मध्य मार्ग गुरुमार्ग दर्शनमा आधारित सन्यासी गुरुमार्ग, संन्यासी महा माआत्मा गुरुमार्ग, गृहस्थी माआत्मा गुरुमार्ग, सर्वसाधारण गुरुमार्ग दर्शनहरू प्रदान गरी मानव आत्माको परम्मोक्षको मार्ग र स्थान सुनिश्चित गराउनु भएकोमा हामी संघ, भक्त, अनुयायी र धर्मप्रेमीहरू यस अति दुर्लभ क्षेणमा उहाँ महा सम्बोधि धर्म संघ गुरुज्यूमा अनन्त हार्दिक अपार कृतज्ञता प्रकट गर्दछौं । र, आज उहाँ गुरू हजुरमा सर्व जगतको कल्याण, सहवास, सहअस्तित्व, सहजीवन, शान्ति र मुक्ति मेक्षको अनन्त प्रथना गर्दछौँ । ” बोधि श्रवण धर्म संघ केन्द्रीय समितिले जन्मोत्वसको अवसरमा जारी सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्