विद्यालय बन्द गर्ने निर्णयप्रति प्याब्सनको आपत्ति



न्युज अफ नेपाल, काठमाडौँ ।

विद्यालय बन्द गराउने सीसीएमसीको निर्णयप्रति आपत्ति जनाउँदै प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने बताएको छ ।

कोरोना भाइरसको दास्रो लहर फैलिने क्रम बढेसँगै सरकारले देशभरका प्रमुख शहरमा रहेका विद्यालय बन्द गर्ने तयारी गरेको छ । सरकारले विद्यालय बन्द गर्ने तयारी गरेसँगै निजी विद्यालयले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुनै उपर्युक्त भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्