लडाई कुर्सीको होइन विधिको हाे : वरिष्ठ नेता नेपाल



कृष्णउदास खनाल, वीरगन्ज ।

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो लडाँई कुर्सीको लागि नभई विधिको लागि लडाई भएको बताउनु भएको छ ।

प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगन्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपालाई अलग गरेर एमाले र माओवादी केन्द्र बनाएपछि एमालेलाई एकताबद्ध बनाउनका लागि देशभर आफूहरुले अभियान चलाएको जानकारी दिदै एकजना व्यक्ति सधैंभरी पद र कुर्सीमा रहीरहनुपर्छ भन्ने मानसिकताको विरोध गरेको स्पष्ट पार्नुभयो ।

चारैतिर केपी ओलीको बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पुर्‍याउने नाममा विधि र विधानलाई मिचेको बताउदै २०७५ जेठ २ को विन्दुमा फेरी पार्टी एकताबद्ध रहेको बताउनुभयो । उहाँले आफूलाई कारवाही गरेको ओलीले कागजमा मात्रै सीमित रहेकोले कोही पनि कार्यकर्तालाई नआत्तिन आग्रह पनि गर्नुभयो । नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरुको भूमिका रहेकोले आफूले ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई भन्न नसक्ने बताउनुभयो ।

प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका उपमहासचिव घनश्याम भूषाल, केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, नेकपा पर्सा अध्यक्ष बालगोपाल थापा, प्रेस संगठन प्रदेश नम्बर २ का सहसंयोजक राघव साह, सचिव वृजलाल पासवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस संगठन पर्साका सदस्य मनोज पटेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्