स्वर्गीय ड्युक फिलिपको सम्मानमा बेलायतभर सलामी



लन्डन,(एजेन्सी) । 

दिवंगत बेलायती राजकुमार तथा ड्युक अफ एडिनवर्ग फिलिपको सम्मानमा संयुक्त अधिराज्यभरि र जिब्राल्टरमा युद्धपोतहरूबाट तोप पड्काइने भएको छ । बेलायतकी महारानी एलिवावेथ द्वितीयसँग ७३ वर्षसम्म वैवाहिक जीवन बनाएका फिलिपको शुक्रबार ९९ सय वर्षको उमेरमा निधन भएको थियो ।

फिलिप बेलायतकै इतिहासमा शाही जीवनसंगीको रूपमा सबैभन्दा लामो समय जीवित रहेका व्यक्ति हुन् । बेलायतको प्रमाणिक समयअनुसार शनिबार मध्यान्ह्रदेखि प्रत्येक एक मिनेटको अन्तरालमा लन्डन, एडिनवर्ग, कार्डिफ र बेल्फास्ट लगायतका शहरहरूमा एकचालिस तोपको सलामी दिइने रक्षा मन्त्रालयले जनाएको छ । दोश्रो विश्व युद्धताका नौसैनिक अधिकारी रहेका तथा लोर्ड हाइ एडमिरलको कार्यालय सम्हालेका फिलिपको सम्मानमा शाही नौसैनिक युद्धपोतले एचएमएस डायमन्ड र एचएमएस मोन्ट्रोसे लगायतका समुद्री क्षेत्रमा सलामी दिने भएको छ । सलामी कार्यक्रम अनलाइन एवं टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिने भएको छ भने जनतालाई पनि आ–आफ्ना घरबाट कार्यक्रम हेर्न अनुरोध गरिएको छ ।

 शुक्रबार बकिंघम प्यालेसले ड्युको निधनको खबर यसरी दिएको थियो, ‘महारानी एजिावेथ द्वितीयाले आफ्नो प्यारो पतिको निधन भएको घोषणा गर्नुभएको खबर दुःखका साथ जानकारी गराउँदछौँ ।’ उहाँको निधनमा विश्वभरिका मानिसहरूले मनाउँदै गरेको शोकमा शाही परिवार पनि सरिक हुनेछ । राजकुकमार फिलिपको जीवनीमा आधारित कार्यक्रम बनाउन गरेको बीबीसीलाई प्रिन्स अफ वेल्स चाल्र्सले आफ्नो पिताको जीवनलाई ‘आश्चर्यजनक उपलब्धि’ को संज्ञा दिएका छन् । फस्र्ट सी लोर्ड तथा शाही नौसेनाका प्रमुख एडमिरल सर टोनी राडाकिनले ड्युकको करुणा, स्नेह र व्यवस्थाको प्रशंसा गरेका छन् ।

 यसै सप्ताहान्त ड्युकको अन्त्येष्टिको विस्तृत विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ । अन्त्येष्टि विन्डसोरस्थित सेनट जर्ज च्यापेलमा हुनेछ । तर, कलेज अफ आम्र्सका अनुसार कोरोना भाइरस महामारीका कारण अन्त्येष्टिको व्यवस्थापनमा केही परिवर्तन हुनेछ । फिलिपकै इच्छा मुताविक उनको राजकीय अन्त्येष्टि हुनेछैन । साथै कोरोना महामारीको कारण जनतालाई पनि भिडभाड हुने गरी अन्त्येष्टि कार्यक्रममा सरिक नहुन अनुरोध गरिएको छ ।यसैगरी, ड्युकको अन्त्येष्टिपछि उनको सम्मानमा बेलायतका सम्पूर्ण सरकारी कार्यालमा राखिएका राष्ट्रिय झण्डा आठ मिनेटसम्म आधा झुकाउन आह्वान गरिएको छ ।शुक्रबार साँझ ६ बजेदेखि वेस्टमिनिस्टर एब्बीको घन्टा ड्युकको जीवनको प्रत्येक वर्षलाई सम्मान गर्न प्रत्येक १ मिनेटपछि ९९ पटक बजाइएको थियो । विश्वका विभिन्न मुलुकका नरेश, राष्ट्राध्यक्ष र प्रधानमन्त्रीले फिलिपको निधनमा बेलायती राजप्रासादमा शोक सन्देश तथा समवेदना पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्