स्थानीय तहमा छैनन् क्वारेन्टाइन

बढ्यो कोरोना



Sjf/]G6fOgdf a;]sf gful/sdf lrGtf ef]hk’/, !) j}zfv M ef]hk’/sf] if8fgGb gu/kflnsf–!$ af]ofsf] dx]Gb|bo dfWolds ljBfnodf lgdf{0f ul/Psf] Sjf/]G6fOgdf a;]sf gful/s . Sjf/]G6fOg Jojl:yt x’g g;Sbf cGo ;ªqmd0f x’g;Sg] lrGtf pgLx?n] JoQm u/]sf 5g . t:jL/ M o’j/fh lji6÷/f;;

कुमार श्रेष्ठ, बाँके  । 

केही दिनयता बाँकेमा दैनिकजसो कोरोना संक्रमित देखा परिरहेका अवस्थामा स्थानीय तहले भने अझै क्वारेन्टाइनको व्यवस्था गरेका छैनन् । शनिबार मात्रै भारतबाट घर फर्किएका तीन जना र नेपालगन्जको भेरी अस्पतालमा स्वाब परीक्षण गरेका २१ जनामा शनिबार कोरोना देखिएको छ । भारतको गुजरातबाट आएका बाँके, बर्दिया र दैलेखका युवामा कोरोना पुष्टि भएको हो ।

भेरीले पछिल्लो २४ घण्टामा स्वाब परीक्षण गरेको ६१ जनामध्ये २१ जनामा कोरोना पुष्टि भएको थियो । गुजरातबाट आएका बर्दियाको बारबर्दिया–७ का २५ वर्षीय पुरुष, बाँके बैजनाथ–३ का २७ वर्षीय पुरुष र दैलेख नगरपालिका–७ का २१ वर्षीय पुरुषमा कोरोना देखिएको थियो । उनीहरुलाई भेरी अस्पतालमै राखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताउनुयो । उहाँका अनुसार भेरीमा कोरोनाका लागि १ सय ४२ बेड रहेको छ । भारतबाट आएका संक्रमितलाई उनीहरुको जिल्लामा पठाउँदा कोरोनाका बिरामीलाई पठायो भन्ने आरोप लाग्ने भएकाले भारतबाट आएका संक्रमितलाई भेरीमै राख्ने गरिएको फोकल पर्सन वली बताउनुहुन्छ ।

उहाँका अनुसार चैत ११ गतेयता नेपालगन्ज नाकाबाट ६ हजार २ सय ४ जनालाई स्वास्थ्य जाँच गरिएको छ । त्यसमा शंकास्पद १ सय ९ जनामध्ये शंकास्पदको एन्टिजिन जाँच गर्दा दश जनामा कोरोना पुष्टि भइसकेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले एक महिनाअघि नै सबै पालिकाहरुलाई क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न भने पनि बाँकेका आठवटा पालिकामा अहिलेसम्म आइसोलेसन बनाएको पाइएको छैन । ‘पालिकाहरुले आइसोलेसन बनाएका छैनन् । यता दैनिक दुई दर्जन हाराहारीमा संक्रमित थपिरहेका छन्’, फोकलपर्सन वलीले भन्नुभयो– भेरी अस्पताल केही दिनमै भरिने अवस्था छ । त्यसपछि कहाँ राख्ने चिन्ता भइसकेको छ ।’भेरीमा हाल ३४ जनालाई राखिएको छ । लक्षण चिह्न नदेखिएका ७३ जनालाई होम आइसोलेसनमा राखिएको छ । जिल्लाकै अन्य ठूला अस्पतालहरुमा पनि कोरोना संक्रमितका लागि व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । गतवर्ष कोरोना महामारीकै रूपमा फैलिँदा नेपालगन्जको भेरी, नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालमा बिरामीलाई राखिएको थियो ।

सबै पालिकाहरुले आइसोलेसन सेन्टर बनाएमा भेरीमा जाँच गर्न आउने वा भारतबाट आउनेलाई सम्बन्धित पालिकामा पठाउने रणनीति बनाइएको थियो । पालिकाहरुले आइसोलेसन सेन्टर नबनाइदिँदा समस्या देखिएको छ । भारतका केही शहरमा मात्रै कोरोना फैलिएको छ ।
धेरैजसो नेपाली बस्ने कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा फैलिसकेको छैन । यी ठाउँमा जोखिम बढ्ने बित्तिकै घर फर्किने नेपालीको ओइरो लाग्छ । त्यसो हुनुअघि नै सबै पालिकाहरुमा आइसोलेसन सेन्टर बनाउन आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्