यस्तो देखियो आजबाट शुरु भएकाे भक्तपुरको बिस्का जात्रा (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का ९बिस्केट० जात्रा आजबाट शुरु भएको छ। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु-याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ । रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरु…

तस्बिर :उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्