सतिघट्टामा सशस्त्र प्रहरीको विओपी



झापा ।

सशस्त्र प्रहरी बल नेपालले मेचीनगर–७ स्थित सतिघट्टामा बोर्डर आउट पोष्ट ९विओपी० स्थापना गरेको छ । खुल्ला सीमामा हुने अपराध नियन्त्रण र सीमा स्तम्भको सुरक्षा गर्ने उद्देश्यले शुक्रबार दुईतले भवनसहितको अस्थायी विओपीको स्थापना गरिएको हो ।

सतिघट्टामा रहेको ढल तथा फोहर व्यवस्थापनाको कार्यालयको स्वामित्वमा रहेको भवनमा स्थापना गरिएको विओपीको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गर्नुभएको थियो । प्रजिअ तिम्सिनाले विओपी थपिएपछि नेपाल भारत सीमाका पिलर हराउने, नेपाली भूमि मिचिने र अपराधिक घटना कम हुने अपेक्षा गरेको बताउनुभयो । झापामा भारतसँगको सीमा क्षेत्रमा विओपी स्थापनाको सङ्ख्या योसँगै १८ पुगेको छ ।

अवैध सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले एक हप्ताभित्रमा रु सात लाख बढीको सामान बरामद गरेको छ । सीमामा स्थापना गरिएका विभिन्न विओपीमा खटिएका सुरक्षाकर्मीले भन्सार छली भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका रु सात लाख १४ हजार ४९० बराबरका सामान बरामद गरेको जनाएको छ ।

पक्राउ गरिएका सामानमा मोटरसाइकलसहित लत्ताकपडा, मोबाइलका पार्टस, हार्डवेयरका सामान र काठ बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्