सरकार टिकाउन प्रधानमन्त्री ओली सांसद खरिद विक्रीको फोहरी खेलमा लिप्त : अध्यक्ष केसी



यमलाल भुसाल, बुटवल ।

बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुन: चित्रबहादुर केसी चयन हुनु भएको छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ।

राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित हुनु भएको छ भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल चयन हुनु भएको छ ।

त्यस्तै, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री चयन हुनु भएको छ । सम्मेलनले गरेका निर्णय वारे बुटवलमा शुक्रवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

सो अवसरमा अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले सरकार टिकाउन अहिले ७ वटा प्रदेश र केन्द्रिय सरकारमा गरि ८ स्थानमा सांसद खरिद विक्रीको फोहरी खेल भैरहेको खुलासा गर्नु भयो । दुई तिहाई नजिकको सरकार टिकाउन नसक्ने ओली ले आफू सत्तामा रहिरहनका लागि जे पनि र जसो पनि गर्दै आएको आरोप पनि उहाँले लगाउनु भयो । पार्टी भित्रको समस्या समाधान गर्न नसकेर संसद विघटन गर्ने प्रधानमन्त्री ओली पुनः संसद विघटनको वाटोमा रहेको समेत अध्यक्ष केसीले दावि गर्नु भयो ।

अध्यक्ष केसीले प्रतिगमन विरोधी शक्तिहरुको सम्योजनमा वन्ने सरकारमा जनमोर्चा जान सक्ने बताउदै उहाँले सरकार चयनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने माग गर्नु भयो । दलहरुले देखाएको चरित्र व्यवहार नीतिका कारण जनताहरुको दलप्रति आक्रोश बढेको बताउँदै ददलहरु सच्चिन जरुरी रहेको औल्याउनु भयो ।

सम्मेलबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्ण बहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नबिक्रम प्यासी राना, तारा थापा,नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली ,यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेबी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दिपक पाण्डे , पदमा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्ता मणी पौडेल, हेम कुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमल विक्रम शाही, उदयनारायण चौधरी, सुवर्ण विक्रम थापा विजयी भएका हुन् ।

हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्