‘लकडाउन गर्ने/नगर्नेबारे छलफल हुँदैछ’



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन लगाउने वा नलगाउने बारेमा छलफल भइरहेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘ लकडाउको बारेमा अध्ययन गरेर, सबैसँग परामर्श गरेर छलफल गर्छौं । कोरोना संक्रमणलाई व्यवस्थापन गर्न कुन आचारसंहिता, कुन मापदण्ड बनाउने, सभा सम्मेलन के गर्ने ? विद्यालय सञ्चालन के गर्ने ? दैनिक जीवनका गतिविधि कसरी सञ्चालन गर्ने रु हामी छलफल गर्छौं ,’ मन्त्री गरुङले भने ।

कोरोना महामारीबाट कसरि बचाउने, सुरक्षित हुन नेपाली जनताको जिवन सुरक्षामा कसरी काम गर्ने र कसरी सुरक्षित राख्न सकिन्छ सोच सरकारले लिने मन्त्री गुरुङले बताए । सरकारले जनता, राष्ट्र र सुरक्षाको हितमा सोचेर नीतिहरू र त्यो कार्ययोजना बनाउने मन्त्री गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्