बुढानिलकण्ठ बैठक : कांग्रेसको नेत्तृत्वमा सरकार बनाउन माओवादी सकारात्मक, जसपा अन्योलमै



न्यु अफ नेपाल, काठमाडौं ।

बुढानिलकण्ठमा तीन दलबीच बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका छन् ।

सत्ता समीकरणको विषयमा छलफलका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आज छलफल चलेको थियो । देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरे पनि छलफल बिना निष्कर्ष टुंगिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त प्रस्तावमा माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपाले भने यस विषयमा सोच्नपर्ने बताउँदै छलफल गर्न थप समय मागेको छ ।

प्रतिक्रिया दिनुहोस्