पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै पदमुक्त भएका चार जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त भएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पुन मन्त्री नियुक्त गरेकी हुन् ।

भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्ती, रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुनर्नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्