केही आधा घट्यो काठमाडौंको वायु प्रदूषण



न्युज अफ नेपापल काठमाडौं ।

काठमाडौं उपत्यकामा आज वायु प्रदूषण केही घटेको छ । बिहीबार दिउँसोदेखि सुधार हुँदै गएको वायु प्रदूषण शुक्रबार बिहानसम्म कम भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारको मौसम सफा छ । केही ठाउँमा बदलीको सम्भावना रहेपनि दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँमा बिहानैदेखि आकाश सफा देखिएको छ भने घाम पनि लागेको छ । तर यो सुधार केही दिनका लागि मात्रै रहने वातावरणविदको भनाइ छ ।

हावाको गुणस्तर मापन गर्ने वेब एजेन्सी ‘आईक्युएयर र्‍याङकिङ’अनुसार नेपाल विश्वकै प्रदूषित सहरको शीर्ष स्थानबाट झरेर ९३ औँ स्थानमा पुगेको छ । यो शुक्रबार बिहानको तथ्यांक हो ।काठमाडौमा मौसममा सुधार आएसँगै वायु प्रदूषण कम भएको हो । पछिल्लो समय वनमा आगलागी भएपछि काठमाडौँको वायु प्रदूषण खतराको तहमा पुग्नुका साथै आँखा पोल्ने समस्या बढेको थियो ।बिहीबार उपत्यकामा हावा लागेका कारण मौसम सफा देखिनुका साथै प्रदूषण केही मात्रामा हटेको वातावरणविद भुषण तुलाधार बताएका छन् । हावा नलाग्नु, पानी नपर्नु, आगालागीका घटना धेरै हुनुले प्रदूषण बढेको हो । बिहीबार केही ठाउँमा पानी परेको र हावा पनि लागेको प्रदूषण हटेको उनको भनाई छ ।

‘केही ठाउँमा पानी परेको थियो । हल्का हावा पनि लागेपछि प्रदूषण केही कम भएको रआगालागी नरोकिएकाले फेरि प्रदूषण बढ्न सक्छ बताएका छन् ।’ उपत्यकामा गाडी, कलकारखानाका कारण प्रदूषण बढ्नुका साथै आगलागी नरोकिएकाले फेरि केही दिनमा नै प्रदूषण बढ्ने उनले बताए ।वायु प्रदूषणको तत्कालिन असर नदेखिएपनि दीर्घकालिन असर भयानक हुने गरेको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्