पूर्वराजदूतले कारमा रात काट्नुप-यो



लन्डन, (एजेन्सी) । 

बेलायतका लागि म्यान्मारका पूर्वराजदूतले बुधबार राति दूतावासबाट निकालिएपछि आफ्नो कारमा सुत्नुपरेको छ । म्यान्मारका मिलिटरी एटैचीले कर्मचारीहरूलाई दूतावास भवन छाड्ने आदेश दिएको पूर्व राजदूत क्या ज्वार मिनले बताएका छन् । म्यान्मारको जुन्ता सरकारले उनलाई राजदूत पदबाट बर्खास्त गरेको हो ।

बेलायती विदेशमन्त्री डोमिनिक -याबले पूर्वराजदूतमाथि गरिएको दुव्र्यवहारको भत्र्सना गरेका छन् । यद्यपि, बेलायत सरकारले उनको बर्खास्तगीलाई स्वीकारेको थियो ।म्यान्मारको सेनाले गत १ फ्रेबु्रअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्ट तथा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीका वरिष्ठ नेताहरूलाई हिरासतमा लिँदै सत्ता कब्जा गरेको थियो ।

गतवर्षको आम निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै सेनाले सो कदम चालेको थियो । यद्यपि, सेनाले धाँधली भएको कुनै पनि प्रमाण पेस गर्न सकेको थिएन । सो चुनावमा सुकीको पार्टीलाई अपार सफलता प्राप्त भएको थियो ।सेनाको कदमविरुद्ध भएको विरोध प्रदर्शनमा अहिलेसम्म दर्जनौं बालबालिकालगायत करिब ६ सय जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्