टेलिकममा डेटा प्याक



काठमाडौं(नेस) ।

नेपाल टेलिकमले विभिन्न डेटा प्याकमार्फत् कम पैसामा इन्टरनेट चलाउन मिल्ने सुविधा दिँदै आएको छ।’डे’, ’नाइट’, ’अनलिमिटेड’, ’अलटाइम’ लगायत अनलिमिटेड डेटा प्याकका रूपमा उपभोक्ता विभिन्न छुट र स्किमहरू पनि कम्पनीले दिन्छ। यस्ता डेटा प्याक हामीले मोबाइल वा टेलिकमको एपबाट सजिलै लिन सक्छौं।

मोबाइलबाट प्याक लिनका लागि हामीलाई चाहिएको प्याकको मात्रा लेखेर १४१५ म्यासेज पठाउन सकिन्छ।यस्तो प्याक १५ रूपैयाँदेखि आठ सय रूपैयाँसम्मका डेटा किनेर तोकिएको समयसम्म इन्टरनेटको मज्जा लिन सकिन्छ। यहाँ टेलिकमको ’अल–टाइम’ प्याकअन्तर्गत कति रूपैयाँमा कति एमबी÷जिबी डेटा लिन सकिन्छ भन्नेबारे उल्लेख गरिएको छ।साथै यो प्याक कसरी लिने र कति दिनका लागि हुनेछ भन्नेबारे पनि उल्लेख छ।जिएसएम प्रिपेड र पोस्टपेड दुवै मोबाइलबाट यो सुविधा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्