राष्ट्रपति बाइडेनले ‘घोस्ट गन’ नियन्त्रण गर्ने



वासिङ्टन, (एजेन्सी) । 

अमेरिकी राष्ट्रपति जोय बाइडेनले बन्दुकबाट हुने हिंसात्मक घटना नियन्त्रणका लागि घरमै बनाइने गरिएको ‘घोस्ट गन’ माथि केन्द्रित गर्न लागेको ह्वाइट हाउसका एकजना अधिकारीले बताएका छन् ।

यस्ता घोस्ट गनमा सिरियल नम्बर नहुने भएकाले तिनीहरू पत्ता लगाउन गाह्रो हुने गरेको छ । ती गन नाबालकहरू र आपराधिक गतिविधिसम्बन्धी पृष्ठभूमि परीक्षण नगरिएका व्यक्तिहरूले पनि सजिलैसँग किन्न सक्छन् । बाइडेनले आफ्नो कार्यकारिणी अधिकारमार्फत ती बन्दुक नियन्त्रणका लागि पहल गर्ने भएका छन् ।यसको अर्थ उनको कारबाहीका लागि कंग्रेसबाट अनुमोदन लिइरहनुपर्ने आवश्यकता छैन । गत महिना अमेरिकामा प्रतिष्ठित व्यक्तिहरूसमेत सामूहिक गोलीकाण्डमा संलग्न रहेको पाइएपछि यो कदम चालिन लागेको हो । बोल्डर, कोलराडो र एटलान्टा जर्जियामा भएका सामूहिक गोलीकाण्डमा कुल १८ जनाले ज्यान गुमाएका थिए ।

राष्ट्रपतिको कार्यकारिणी अधिकार स्थिरता कायम राख्न र सामुदायिक हिंसा रोकथामका लागि प्रयोग गरिने बताइएको छ । तैपनि, राष्ट्रपति सामु यसका लागि केही कठिनाइहरू बाँकि नै छन् । अमेरिकी संविधानको दोस्रो संशोधनले हातहतियार बोक्न पाउने अधिकारको रक्षा गरेको छ । अधिकांश मानिसले बन्दुक नियन्त्रण कानुनलाई आफ्नो संवैधानिक हक अधिकारको हननको रूपमा लिने गरेका छन् ।बिहीबार राति राष्ट्रपति बाइडेनले आफूले न्याय विभागलाई ३० दिनभित्र ‘घोस्ट गन’ को संख्या घटाउन मद्दत पु¥याउने नियमको लागि प्रस्ताव अघि सार्न बताएको कुरा सार्वजनिक गर्ने भएको छ । ती गनका पार्टपुर्जा घरमै ल्याएर जोडिने भएकाले तिनीहरूमा कुनै सिरियल नम्बर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्