कंगनालाई स्टारको गोप्य कल



बलिउड अभिनेत्री कंगना रनावत बेला–बेलामा सामाजिक सञ्जालमा निस्फिक्रीरूपमा आफ्नो भनाइ राखेर एकसाथ चर्चा र विवादमा आउने गर्छिन्।

कंगना बलिउड फिल्म क्षेत्र मात्र नभई देश–विदेश तथा अन्य क्षेत्रका मुद्दामा समेत खुलस्तरूपमा आफ्नो विचार राख्ने गर्छिन्। यसै क्रममा हालै मात्र कंगनाले बलिउडका फिल्म माफियाको आतंकबारे एक ट्विट गरेकी छिन्। कंगनाले आफ्नो ट्विटमा बलिउडका ठूल्ठूला फिल्म स्टारले फिल्म माफियाहरुको डरका कारण खुलारूपमा उनको कामको तारिफ गर्न डराएर आफूलाई गोप्यरूपमा फोन गरेर तारिफ गर्ने गरेको उल्लेख गरेकी छिन्।

उनले यस्ता स्टारमा बलिउड अभिनेता अक्षय कुमारको समेत नाम उल्लेख गरेकी छन्। कंगनाले लेखेकी छिन्– ‘बलिउड यति शत्रुतापूर्ण छ कि यहाा मेरो तारिफ गर्दा मानिसहरु खतरामा पर्न सक्छन्। त्यही कारण मलाई केही सिक्रेट कल तथा म्यासेज आउने गर्छन्। यसमा अक्षय कुमार जस्ता ठूल्ठूला स्टार पनि छन्। उनले मेरो फिल्म थलाइवीको जमेर तारिफ गरे, तर मुभी माफियाका कारण आलिया, दिपीकाहरुका फिल्मको जस्तै गरी खुलेर तारिफ भने गर्न सक्दैनन्।’ कंगनाको यो ट्विट अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भने मानिसले यसप्रति विभिन्न टिप्पणी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्