शून्यतालाई चिर्दै आजदेखि श्री



फिल्म रिलिजको गति शून्य भइरहेको समयमा आज शुक्रबारदेखि श्री नामक फिल्म रिलिजमा आउने भएको छ।कोरोना संक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण बन्द हल केही मेहिनायता खुले पनि नयाा फिल्म खासै नचलेकाले निर्माताहरु थप फिल्म फिल्म रिलिज गर्न डराइरहेका बेला श्री रिलिजमा आउन लागेको हो। निर्माता निर्देशक एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको श्रीमा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, विनोद मानन्धर, रवीन्द्र झा, भोला सापकोटालगायतका कलाकारले अभिनय गरेका छन्।

हाल अमेरिकामा रहेका फिल्मका निर्देशक बोहराले लकडाउनको समयमा कुल ७२ घण्टामा यो फिल्म छायांकन गरिएको बताए। फिल्मबारे जानकारी दिन राजधानीमा हालै आयेजित कार्यक्रममा फिल्मका प्रमुख कलाकार सन्दीप क्षेत्रीले श्री आप्mनो करियरका लागि महत्वपूर्ण रहेको बताए। ‘अहिलेसम्म अभिनय गरेको फिल्ममध्ये श्री उत्कृष्ट छ। मैले यो फिल्म मेरा सन्ततीलाई तिम्रो बाबुको फिल्म हो भनेर गर्वका साथ देखाउन सक्छु।’ –उनले भने।

एभरेस्ट सूर्य बोहरा फिल्म्स्को ब्यानरमा महारानी न्टरटेन्मेन्ट यूके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक बोहराका साथमा शिवम् अधिकारीको लेखन, बोहराकै गीत रचना, टेकेन्द्र नेपालीको संगीत, शेरबहादुर तामाङको छायांकन, सुजन बडालको सम्पादन र एलिश कार्कीको पाश्र्वसंगीत रहेको छ।सविता गुरुङद्वारा निर्मित फिल्ममा श्री पराजुली र सिन्धु पौडेल गौतम, कार्यकारी निर्माता तथा एम बराल, सूर्य सिंखडा ‘साइराम’, बाल शर्मा ‘टाइगर’, कादम्बरी श्रेष्ठ ‘दाना’, सुनीतासिंह ठकुरी र वासुदेव आचार्य सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्