रूपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी



बुटवल, (नेस) । 

नेपाल पत्रकार महासंघ रूपन्देहीमा रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार निर्वाचनबाट महिला उपाध्यक्ष र एक सदस्यबाहेक अध्यक्ष रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानलका पदाधिकारी तथा सदस्यहरू विजयी भएका हुन् ।

केपी शर्मा ओलीपक्षीय एमाले निकट प्रेस चौतारी नेतृत्वको साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि निर्वाचित भएको हो । लोकतान्त्रिक प्यानलका रामराज पोखरेलले १ सय ६३ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रत्यासी साझा प्यानलका दिनेश पाण्डेले १ सय २० मत प्राप्त गर्नुभयो ।उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी हुनुभएको छ । उहाँले १ सय ९४ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी साझा प्यानलका उम्मेदवार हेमबहादुर पछाईं ‘दीपेश’ ले १ सय मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महिला उपाध्यक्षतर्फ भने साझा प्यानलकी अमृता अनमोल एक मतअन्तरले विजयी हुनुभएको छ । उहाँले १ सय ४९ मत प्राप्त गर्नुभएको छ ।उहाँकी प्रत्यासी लोकतान्त्रिक प्यानलकी सञ्जु पौडेलले १ सय ४८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, लोकतान्त्रिक प्यानलकै सञ्जय सौगातले १ सय ५२ मतप्राप्त गरी कोषाध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी स्वस्तिक श्रेष्ठले १ सय ४६ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, सचिव पदमा लोकतान्त्रिक प्यानलकै विनोद परियार विजयी हुनुभएको छ ।

परियारले १ सय ८५ मत प्राप्त गर्नुभएको छ भने साझा प्यानलका लक्ष्मण पोखरेलले १ सय १० मत प्राप्त गर्नुभएको छ । सहसचिवमा पनि लोकतान्त्रिक प्यानलकै वीरेन्द्र कुँवर विजयी हुनुभएको छ । कुँवरले १ सय ६७ मत प्राप्त गर्नुभएको छ भने केशव भण्डारीले १ सय २२ मत प्राप्त गर्नुभएको छ । समावेशीमहिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्