‘हाच्छ्यु, साच्छ्यु’ र ‘बेसार पानी’पछि प्रधानमन्त्रीकाे टिप्स 2.0 : ‘अम्बा पानीले गार्गल, कोरोना चैट’



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट जोगिन घरमै तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्नुपर्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले आफैले सावधान हुनु आवश्यक रहेको बताए ।

उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,’ उनले थपे, ‘नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’

आफूले कोरोनाको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण गर्न नसक्दा पनि आफ्नै आलोचना हुने बताए । यसअघि संसदमा बाेल्दै बेसार पानी खाँदा कोरोना संक्रमण रोक्न सकिने बताएका थिए । यस्तै उनले ‘हाच्छ्यु साच्छ्यु’ गरेर कोरोना भगाउन सकिने भनेपछि चर्को आलोचना खेप्नु परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्