सिंगटीको आईपीओ शुक्रबार बाँडफाँड हुने



न्युज अफ नेपाल, काठमाडौं ।

सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीले गत चैत ६ मा प्रतिकित्ता रु एक सयको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएकोमा भोलि शुक्रबार आईपीओ बाँडफाँड हुने भएको हो।

भोलि जारी हुने शेयरमध्ये यसअघि नै ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिने भएको हो।

आईपीओका लागि १५ लाख २३ हजार चार सय ५० जनाले दुई करोड ४७ लाख २० हजार चार सय ५० कित्ताको लागि आवेदन दिएका छन्। यो भनेको कम्पनीले जारी गरेको शेयरको तुलनामा ९।१६ प्रतिशत ज्यादा हो। मागभन्दा बढी आवेदन परेकाले शुक्रबार २ लाख ६९ हजार सात सयले मात्रै शेयर पाउनेछन्। प्रत्येक आवेदकले १० कित्ताका दरले शेयर पाउने छन्। आवेदकमध्ये बाँकि साढे १२ लाखभन्दा बढीको हात खाली हुने लगभग निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस्