ओली सरकारका ४ जना मन्त्रीको सांसद पद खारेज



न्युज अफ नेपाल, काठमाडौं ।

केपी शर्मा ओलीको नेतृत्वको सरकारका ४ जना मन्त्रीको सांसद पद खारेज भएको छ । उनीहरु माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश भएका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्