शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ३० गतेसम्मलाई स्थगित



न्युज अफ नेपाल काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो ।

यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरका गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसबाहेक आगामी महाविधेशनको आन्तरिक कार्यतालिका समेत सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । अब बस्ने केन्द्रीय समितिको बैठकमा महाविधेशनकै विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जरी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्