चीनमा धमाधम ट्रम्पको बुद्धासन मूर्ति बन्दै



बेइजिङ, (एजेन्सी)

गत वर्ष चिनियाँ फर्निचर निर्माता होंग जिन्सीले पहिलोपटक रमाइलोका लागि बुद्धको आसनमा ध्यान गर्दै गरेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका केही स–साना मूर्ति बनाएका थिए ।

तर, फुजियान प्रान्तको देहुवा शहरस्थित आफ्नो कारखानामा होंगको यो रमाइलोका लागि शुरू भएको कामले व्यावसायिक रूप लिएको ६ महिना भइसकेको छ । उनले अहिलेसम्म दुई सय पचासवटा बौद्ध चिवर धारण गरी पलेटी कसेर ध्यान मुद्रामा बसेका ट्रम्पको मूर्ति तयार पारिसकेका छन् ।होंंग यस कार्यका लागि दुईजना कटर बौद्धमार्गी व्यक्तित्व र कडा शब्दहरू प्रयोग गरी टिप्पणी दिने गरेका कारण विवादमा परिरहने ट्रम्पबाटै प्रेरित भएर यस कार्यमा लागेका हुन् । होंगले चिनियाँ परम्पराअनुसार कुनै पनि व्यक्ति जति बुढो र सफल भइन्छ त्यति नै उनले आफ्नो बुढ्यौलीको मज्जा लिएर आनन्दित हुनुपर्दछ ।

तर, ट्रम्प अझै विभिन्न इच्छा र अनिश्चिततालाई लिएर दुःखी र चिन्तित रहने गरेको देखिएको बताएका छन् । होंगलाई चीन र विदेशबाट यस्ता २ सय वटा मूर्तिको अर्डर आइसकेको छ ।उनले एकजना मूर्तिकार साथीको सहयोगमा मूर्तिलाई अझै जीवन्त रूप दिने कोसिस गरेका छन् । उनले १६ सेमि आकारको मूर्तिको ९ सय ९९ र ४६ सेमिको २० हजार युयान मूल्य तोकेका छन् । होंगलाई ट्रम्पले आफ्नो सिर्जना देखे वा देखेको छैन भन्ने यकिन छैन । तर, उनी एउटा मूर्ति ट्रम्पलाई उपहार स्वरूप दिन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्