बार्दलीमा नाङ्गै तस्वीर खिचाउने महिलाहरू पक्राउ



दुबई, (एजेन्सी) । 

संयुक्त अरब इमिरेट्स (युएईमा एउटा भवनको बार्दलीमा बसेर नाङ्गो फोटोसुट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । तिनीहरूलाई स्वदेश फिर्ता गर्ने तयारी भइरहेको बुधबार स्थानीय सरकारी निकायले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा दुबईको मारिना क्षेत्रमा यसरी नाङ्गो फोटोसेसन गरिएको भेटिएपछि कम्तिमा १२ जना युक्रेनी महिला र एकजना रुसी पुरुषलाई प्रहरीले हिरासतमा लिएको हो ।तिनीहरूमाथि सार्वजनिक पाप गरेको अभियोग लगाइएको छ । तिनीहरूलाई जनही अधिकतम ६ महिना लामो कारावास संजाय र ९ सय ८१ पाउन्ड जरिवाना हुन सक्छ । विश्वको नामुद पर्यटकीय स्थल भए पनि दुबईमा कानुन निकै कडा छ । त्यहीं बसोबास गर्ने वा बाहिरबाट दुबईमा आउने दुवैलाई एउटै कानुनको व्यवस्था छ । पर्यटकहरूलाई दुबईमा कुनै कानुनी छुटको व्यवस्था छैन ।

एकजना फोटोग्राफरले एक दर्जनभन्दा बढी महिलाहरूको नाङ्गो अवस्थामा बार्दलीमा तस्वीर खिचेका थिए । सो घटनामा संलग्न अन्य महिलाहरूको राष्ट्रियता पुष्टि भएको छैन । प्रहरीले यस फोटोसुटले इमराती समाजको नैतिकता तथा मूल्य र मान्यता प्रतिविम्बित नभएको दाबी गरेको छ । युक्रेनको विदेश मन्त्रालयले कुटनीतिक नियोगका अधिकारीहरूले १२ जना महिला र दुबईको अपराध अनुसन्धान विभागका प्रमुखसँग भेटघाट गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्