प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसुची



न्युज अफ नेपाल काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोग र थारु आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ। आजको संसद् बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्