सुदूरपश्चिम प्रदेश फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं

सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पाखा लगाएर जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

यो जितसँगै सुदुरपश्चिमले शनिबार हुने उपाधि भिडन्तमा नेपाल एपीएफसँग प्रतिस्पर्धा गर्ने तय भयो । लुम्बिनीले ७३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले १२.३ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेको हो । ओपनर मञ्जु बोगटीले सर्वाधिक २६ रनको योगदान दिइन । अन्यमा विन्दु रावल र रेवती धामीले १७-१७ रन जोडेका थिए । सुदूरपश्चिम बलरमा कृतिका मरासिनीले २ विकेट लिइन् ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनाएको थियो । टिमको लागि विकेटकिपर लक्ष्मी चौधरीले सर्वाधिक २६ रनको योगदान दिइन् । कप्तान नेरी थापा ११ रनमा आउट भएकी थिइन् । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउनसमेत सकेनन् । सुदुरकी लक्ष्मी साउदले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । उनले अघिल्लो दिन पनि ह्याट्रिक सहित ४ विकेट लिएकी थिइन् । अन्य बलमार कप्तान ऋतु कनोजियाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् । कविता जोशी, सुनिता लोहारले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्